स्विस हिमालमा नेपालको झण्डा फहरायो, कोरोनाबाट चाँडै मुक्त हुने आशा!

  • प्रकाशित मिति : २०७७ बैशाख १४, आईतवार
  • nepaltale.com

स्विटजरल्याण्डले कोरोना विरुद्धको लडाईमा नेपालको प्रयासमा ऐक्यवद्धता जाहेर गरेको छ। कोरोना रोकथामका लागि नेपालले गरिरहेको प्रयासलाई सम्मान गर्दै स्विटजरल्याण्डले नेपालको झण्डा फहराउँदै सद्भाव प्रकट गरेको हो।

उसले आफ्नो अग्लो हिमालमा पर्वत नेपालको झण्डा लाईटिङ मार्फत प्रदर्शन गर्दै सद्भाव देखाएको हो। जेर्मातस्थित हिमाली पहाड मात्तरहर्नमा नेपालको राष्ट्रिय झण्डा,फहराइएको हो।

जेर्मातबाट जारी सन्देशमा भनिएको छ, ”नेपाल मैत्रीपूर्ण मानिसहरु भएको देश मात्र होइन, विश्वमा सबै भन्दा अग्लो हिमाल भएको देश पनि हो। हिमाली गाउँको रूपमा हामी नेपालसँग विशेष रूपमा जोडिएको महसुस गर्दछौं। हामी ऐक्यवद्धता जाहेर गर्न चाहन्छौं।”

स्विजरल्याण्डले कोरोना महामारी विरुद्ध आशाको संकेत स्वरुप मात्तरहर्न हिमालमा लाईटिङ मार्फत विभिन्न देशहरुका झण्डा फहराउँदै आएको छ।

विभिन्न नारा लगायत अन्य देशहरुको झण्डाले उज्यालो बनाउँदै कोरोना भाईरस विरुद्धको लडाईंमा यसैगरि प्रकाश छरोस्, चम्किलो बनोस् भन्ने प्रतीक र सन्देशका रुपमा यसरी चम्काउन थालिएको हो।