गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष शेष घले र उनकी पत्नी जमुना गुरुङले स्थापना गरेको एमआईटी ग्रुप फाउण्डेसनले कोरोना उपचार तथा नियन्त्रण कोषमा ३ करोड सहयोग गरेको छ।
फाउण्डेसनका पदाधिकारीले आइतबार प्रधानमन्त्री कार्यालयका सचिव नारायण प्रसाद विडारीलाई प्रदान गरेका हुन्।
सहयोग रकम सरकारले कोरोना नियन्त्रण र निर्मूलका लागि परीक्षण, निगरानी र उपचार लागि खर्च गर्न सदुपयोग गर्ने घलेको अपेक्षा रहेको छ। फाउण्डेसनले नेपालमा आइपरेका ठूला विपतहरु भूकम्प एवं नाकाबन्दी तथा बाढीका बेलासमेत सहयोग गरेको थियो।