लन्डन । नेपाली दूतावास लन्डनले नेपाली वृद्धहरुप्रति भएको अमानवीय घटनामा संलग्न दोषीलाई कानुनी दायरामा ल्याउन आग्रह गरेको छ ।
बिहीबार १८ जुनमा विज्ञप्तिमार्फत दूतावासले बेलायतको अल्डरसटस्थित म्युनिसिपल पार्कमा गत मंगलबार साँझ नेपाली वृद्धहरुप्रति भएको अमानवीय घटनाप्रति दु:ख व्यक्त गर्दै उक्त घटनामा संलग्न दोषीलाई कानुनी दायरामा ल्याउन र सबै पक्षलाई संयमित हुन पनि अनुरोध हो ।
‘बेलायतको अल्डरसटस्थित म्युनिसिपल पार्कमा गत मंगलबार साँझ नेपाली वृद्ध नागरिकहरुप्रति भएको अमानवीय घटनाप्रति यस राजदूतावास दुख व्यक्त गर्दछ।
उक्त घटनामा संलग्न दोषीलाई कानुनी दायरामा ल्याउन र सवै पक्षलाई संयमित हुन पनि हार्दिक अनुरोध छ,’ विज्ञप्तिमा भनिएको छ, ‘साथै, पीडित नागरिकहरुको पक्षमा ऐक्यबद्धता जनाउनुहुने सबैमा राजदूतावास धन्यवाद ज्ञापन गर्दछ।’