२०२२ सम्म अन्तर्राष्ट्रिय सीमा नखोल्ने अष्ट्रेलियाको निर्णय

  • प्रकाशित मिति : २०७८ जेष्ठ २, आईतवार
  • nepaltale.com

काठमाडौं। अष्ट्रेलियाले सन् २०२२ को मध्यभन्दा अघि आफ्नो अन्तर्राष्ट्रिय सीमा नखुल्ने बताएको छ। अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मौरिसनले आफूहरुले स्वास्थ्यसम्बन्धी सुझावअनुसार हाल सीमा नखोल्ने निर्णय गरेको बताएका हुन्।

सन् २०२० मार्चमा बन्द गरिएको अष्ट्रेलिया अन्तर्राष्ट्रिय सीमा खोल्न पछिल्लो समय निकै दबाव बढेको छ। अष्ट्रेलियाका अर्थमन्त्री जोस फ्रिडेनबर्गले स्थानीय सञ्चारमाध्यमसँगको कुराकानीमा अन्तर्राष्ट्रिय सीमा बन्द राख्न दिइएको स्वास्थ्य सुझावले अष्ट्रेलिया अहिले विश्वभर देखिएको कोरोना भाइरस (कोभिड–१९) को महामारीबाट बच्न सफल भएका् बताएका छन्।

गत साता अष्ट्रेलियाले सीमा खोल्ने योजना अघि सारेको थियो। तर, उक्त योजनामा प्रधानमन्त्री मौरिसनकै पार्टीका नेताहरुले विरोध जनाएका थिए। त्यस्तै यस वर्षको अन्तिमसम्ममा आफ्ना सबै नागरिकलाई कोरोना खोप लगाउने अष्ट्रेलियाले तयारी गरेको छ।