कोरोनाबाट भारतमा एकै दिन ५६ को मृत्य, संक्रमितको संख्या साढे २७ हजार नाघ्यो

  • प्रकाशित मिति : २०७७ बैशाख १५, सोमबार
  • nepaltale.com

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २१० देशमा फैलिएको छ। पछिल्लो २४ घण्टामा विश्वभर कोरोना भाइरसको संक्रमणबाट ३ हजार ७ सय ५१ जनाको मृत्यु भएको छ भने ७३ हजार ८ सय ५९ जना नयाँ संक्रमित थपिएका छन्।

यो सँगै कोरोना भाइरसबाट अहिलेसम्म मृत्यु हुनेको संख्या २ लाख ६ हजार ९७३ पुगेको छ भने २९ लाख ९४ हजार ४३६ जना संक्रमित भएका छन्।

छिमेकी देश भातरमा पनि कोरोना संक्रमण फैलिएको छ। भारतमा पछिल्लो २४ घण्टामा मात्रै ५६ जनाको मृत्यु भएको छ भने १ हजार ६ सय ७ जना नयाँ संक्रमित थपिएका छन्। यो सँगै भारतमा अहिलेसम्म मृत्यु हुनेको संख्या ८ सय ८१ पुगेको छ भने २७ हजार ८ सय ९० जना संक्रमित भएका छन्।

जसमध्ये ६ हजार ५२३ जनाको उपचार सफल भइसकेको छ भने २० हजार ४ सय ८६ जनाको उपचार भइरहेको छ।