काठमाडौं । नेपाली कांग्रेससहित, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), एमालेको माधव नेपाल समूह र राष्ट्रिय जनमोर्चाको बैठक बानेश्वरमा बस्ने बस्दैछ ।
विपक्षी पाँच दलको उक्त बैठक बिहान ११ बजेपछि बस्न लागेको हो । बैठकमा पछिल्लो घटनाक्रमबारे छलफल हुने जसपा नेता मोहमत इस्तियाक राईले बताएका छन् ।
नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकपछि बोल्दै नेता पौडेलले भने, ‘बानेश्वरमा सर्वदलीय बैठक गर्ने र हिजो देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका १४९ जनाकै तर्फबाट अदालतमा रिट हाल्नेबारे छलफल गर्छौं ।’
प्रधानमन्त्री केपी ओलीको सिफारिसमा शुक्रबार मध्यराति नै राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार मध्यराति दोस्रोपटक प्रतिनिधिसभा विघटन गरी कात्तिकमा पहिलो र मंसिरमा दोस्रो चरणको चुनाव घोषणा गरेकी थिइन् ।