११ जना सांसदलाई ओलीले सोधे २४ घण्टे स्पष्टिकरण

  • Published Date : 2021-05-23
  • nepaltale.com

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बरिष्ठ नेता माधवकुमार नेपाल समुहका ११ जना सांसदलाई स्पष्टिकरण पत्र पठाएका छन् ।

ओलीले प्रत्येक्षतर्फका सांसदहरु माधव कुमार नेपाल, झलनाथ खनाल, भीम रावल र बाँकी ९ जना समानुपातिक सांसदहरुलाई २४ घण्टे समयसीमा तोकेर स्पष्टिकरण पत्र पठाएको एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन् ।