शीतलनिवास अगाडि राष्ट्रपतिविरुद्ध प्रदर्शन

  • प्रकाशित मिति : २०७८ जेष्ठ ९, आईतवार
  • नेपाल टेल संवाददाता

काठमाडौं। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेको विरोधमा विद्यार्थी संगठन विरोध प्रदर्शनमा उत्रिएको छ । नेपाली काँग्रेसनिकट नेविसंघका विद्यार्थीहरुले आइतबार राष्ट्रपतिको कदमलाई असंवैधानिक भन्दै शीतलनिवास अगाडि प्रदर्शन गरेका हुन् । तीन जनाको संख्यामा पुगेका विद्यार्थीहरुलाई प्रहरीले पक्राउ गरेको छ । -श्रोत- रातोपाटी