देउवाको पक्षमा परमादेश माग्ने रिटमा माधव पक्षका १९ सांसदको हस्ताक्षर (सूचीसहित)

  • प्रकाशित मिति : २०७८ जेष्ठ ९, आईतवार
  • नेपाल टेल संवाददाता

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवालाई परमादेशमार्फत प्रधानमन्त्रीको सपथका लागि बाटो खोल्न माग गर्दै रिट दायर गर्न लागेको विपक्षी गठबन्धनमा माधव नेपाल पक्षका १९ जना सांसदले हस्ताक्षर गरेका छन् ।

माधवपक्षीय सांसद झपट रावलका अनुसार १९ जनाको हस्ताक्षर भइसकेको छ । अरु केही सांसद आउने क्रममा रहेको र केही बिरामी परेको भन्दै रावलले संसद विघटनको विरुद्ध ३५ जना सांसदले आफूहरुलाई साथ दिएको बताए । मेटमणी चौधरी दाङमा रहे पनि उनले समर्थन रहेको जनाएका छन् । यो संख्या बढ्ने क्रममा रहेको रावलको भनाइ छ ।



संसद भवन नयाँ बानेश्वरमा घनश्याम भुसाल,सोमप्रसाद पाण्डे, झपट रावल, रामकुमारी झाँक्री लगायतका सांसद हस्ताक्षर जुटाउन सक्रिय छन् ।

सांसद पाण्डेले पार्टी एकताको प्रयास अझै पनि जारी रहेको तर संसद जोगाउन आफूहरुले देउवालाई प्रधानमन्त्रीमा साथ दिएर रिट दायर गर्न लागेको बताए ।

गोकर्ण विष्ट,योगेश भट्टराई लगायतका नेताले भने हस्ताक्षर गरेका छैनन् । हस्ताक्षरका लागि बानेश्वर पुगेका माधव नेपाल पक्षका सांसदहरु :

१. जीवनराम श्रेष्ठ

२. कृष्णलाल महर्जन

३. विरोध खतिवडा

४. झपटबहादुर रावल

५. निरादेवी जैनु

६. सोमप्रसाद पाण्डे

७. सरलाकुमारी यादव

८. कल्याणी खड्का

९. लक्ष्मीकुमारी चौधरी

१०. माधवकुमार नेपाल

११. भीमबहादुर रावल

१२. कलिला खातुन

१३. घनश्याम भुसाल

१४. रामकुमारी झाँक्री

१५. सुरेन्द्र पाण्डे

१६. झलनाथ खनाल

१७. पुष्पाकुमारी कर्ण कायस्थ

१८. भवानीप्रसाद खापुङ