देउवाले किन बोलाए आकस्मिक बैठक ?

  • Published Date : 2021-05-25
  • nepaltale.com

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी बैठक बोलाएका छन्। बुढानिलकण्ठस्थित निवासमा बुधबारका लागि बैठक बोलाइएको हो।

मुख्यसचिव कृष्णप्रसाद पौडेलले भोलि बिहान पदाधिकारी बैठक बस्ने बताए। पछिल्लो राजनीतिक घटनाक्रम तथा १४ औं महाधिवेशन तयारीबारे छलफल गर्न देउवाले बैठक राखेका हुन्।



गत शुक्रबार १४९ जनाको हस्ताक्षर लिएर राष्ट्रपतिसमक्ष प्रधानमन्त्री नियुक्त गर्न दाबी पेश गरेका देउवा प्रधानमन्त्री नियुक्त भएका थिएनन्। सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेकी थिइन्।

आफूलाई बहुमत सदस्यको साथ रहेको र प्रतिनिधि सभाबाटै वैकल्पिक सरकार गठन हुन सक्ने भन्दै देउवासहित विपक्षी गठबन्धनका सांसद सोमबार सर्वोच्च अदालत गएका थिए।