प्रतिनिधि सभा विघटनविरुद्धका १९ रिट प्रधानन्यायाधीश राणाको इजलाशमा, यस्तो आउन सक्छ आदेश

  • प्रकाशित मिति : २०७८ जेष्ठ १३, बिहीबार
  • नेपाल टेल संवाददाता

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले प्रतिनिधि सभा विघटनसम्बन्धीका विहीबार सुनुवाई हुने १९ वटा रिटको पेशी आफ्नै इजलाशमा राखेका छन्।

विभिन्न कानुन व्यावसायीले विघटनविरुद्ध सार्वजनिक सरोकारसम्बन्धी रिटमा अन्तरिम आदेशको माग गरेका थिए। अन्य केही रिटमा संवैधानिक इजलाशको माग गरिएको छ।



प्रधानन्यायाधीश राणाको एकल इजलाशले १९ वटै रिटमा सरकार र राष्ट्रपति कार्यालयलाई कारण देखाऊ आदेश जारी गर्दै संवैधानिक इजलाशमा पठाउन सक्ने प्रक्षेपण गरिएको छ।

यसअघि पनि ५ पुसमा प्रतिनिधि सभा विघटनसम्बन्धी रिटमा राणाले एकल इजलाशमा सुनुवाई गर्दै कारण देखाऊ आदेशसहित सबै रिट संवैधानिक इजलाशमा पठाएका थिए।

एकै प्रकारका रिटहरु भएका कारण प्रधानन्यायाधीश राणाको यस्तो आदेश आउन सक्ने अनुमान गरिएको हो। उनले अघिल्लो पटक गरेका आदेशको नजीर पनि यस्तै छ।