सांसदहरूले पाउँदै आएको ६ करोड खारेज

  • प्रकाशित मिति : २०७८ जेष्ठ १५, शनिबार
  • नेपाल टेल संवाददाता

काठमाडौं। सरकारले सांसदहरूलाई दिंदै आएको ६ करोड खारेज गरेको छ ।

कोरोना महामारीमा केन्द्रित हुन बजेट आवश्यक रहेको भन्दै सरकारले स्थानीय पूर्वाधार साझेदारी विकास कार्यक्रम खारेज गरेको हो ।



अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट घोषणा गर्दै सांसदहरूलाई दिंदै आएको ६ करोड खारेज भएको बताएका हुन् ।

यसअघि सांसद विकास कोषमार्फत प्रत्येक निर्वाचन क्षेत्रका सांसदहरूले ६ करोड प्राप्त गर्दै आएका थिए ।