राजनीतिक स्वार्थ पुरा गर्ने प्रचारमुखी बजेट : पूर्वअर्थमन्त्री डा‍. महत

  • प्रकाशित मिति : २०७८ जेष्ठ १५, शनिबार
  • नेपाल टेल संवाददाता

काठमाडौं। पूर्व अर्थमन्त्री डा. रामशरण महतले सरकारले ल्याएको बजेट आफ्नो राजनीतिक स्वार्थ पुरा गर्न मूल लक्ष्य राखेर ल्याएको टिप्पणी गरेका छन् । नेता महतले बजेटमा समावेश विषय बस्तुहरुको विरोध गर्नुपर्ने नभएपनि यो बजेट कार्यान्वयन हुन कठिन रहेको बताए ।

‘यो बजेटमा एक वर्षमा कुनकुन कार्यक्रम सम्पन्न हुने भनेर पनि तोकिएको छैन । यो प्रचारात्मक बजेट छ । यो तुरुन्तै लागु पनि हुँदैन’, महतले संक्षिप्त प्रतिक्रिया दिदै भने, ‘राजनीतिक स्वार्थपूर्तिको मुल लक्ष्य राखेर बजेट ल्याइएको छ । लोक रिझाइ खालको बजेट आएको छ । मुखले भनेपनि तुरुन्त कार्यान्वयन गर्न सजिलो छैन ।’



उनले विश्वासको मत प्राप्त सरकारले संसदमा पेश गर्नुपर्ने बजेट यो सरकारले अध्यादेशबाट ल्याउनु नै गलत रहेको पनि बताए । ‘यो विश्वासको मत प्राप्त गरेको सरकार होइन, काम चलाउ सरकार त्यसमा पनि यो सरकार रहने या नरहने भन्ने अवस्थामा र सर्वोच्चमा मुद्दा चलिरहेको बेलामा यसरी बजेट प्रस्तुत गर्ने सरकारको अधिकार नै थिएन’, डा. महतको भनाइ छ ।