सेयर बजारमा नयाँ रेकर्ड, एकैदिन १७ अर्बमाथिको कारोबार

  • प्रकाशित मिति : २०७८ जेष्ठ १६, आईतवार
  • नेपाल टेल संवाददाता

काठमाडौं । नेपाली सेयर बजारले आज नयाँ रेकर्ड कायम गरेको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज १२.५४ अंकले बढेर २८२७.९३को बिन्दुमा बजार बन्द भएको छ।



यसदिन नेप्सेमा १७ अर्ब माथिको कारोबार भएको छ। नेप्सेको इतिहासमा यो नै सर्वाधिक हो।