विमानस्थलको नाम फेरेर रविन्द्र अधिकारी राख्ने निर्णयप्रति ७ पार्टीको आपत्ति

  • Published Date : 2021-05-30
  • nepaltale.com

काठमाडौं । ताप्लेजुङमा विमानस्थललाई पूर्व पर्यटनमन्त्री रविन्द्र अधिकारीको नामाकरण गर्ने सरकारले निर्णयप्रति दलहरुले आपत्ति जनाएका छन्।

सरकारले बजेट भाषण मार्फत शनिबार सुकेटार विमानस्थललाई रविन्द्र अधिकारी विमानस्थल र चुहान डाँडा विमानस्थलको नाम आङ्छिरिङ विमाास्थल राख्ने घोषणा गरेको थियो।



बजेट वक्तव्यमार्फत अर्थमन्त्री विष्णु पौडेल आन्तरिक विमानस्थल निर्माण तथा उस्तरउन्नतिका लागि उक्त रकम विनियोजन गरिएको बताएका छन्।

विमानस्थलको नाम परिवर्तन गर्ने सरकारी निर्णयप्रति ताप्लेजुङका राजनीतिक दलहरुले आपत्ति जनाएका हुन।

नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेपाली काँग्रेस, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी र सङ्घीय लिम्बूवान मञ्च नेपालले संयुक्त रुपमा आइतबार विज्ञप्ती जारी गर्दै यसलाई नसच्याए सशक्त प्रतिरोध गर्ने जनाएका छन्।

सरकारले विमानस्थलको नाम परिवर्तन गरेर ताप्लेजुङको पहिचान र इतिहास माथि आक्रमण गर्न खोजेको भन्दै राजनीतिक दलले गम्भीर आपत्ति जनाएका हुन्।