विश्व धुम्रपान रहित दिवस : नेपालमा सुर्तीजन्य पदार्थको सेवनबाट वर्षेनी २५ हजार बढीको मृत्यु

  • प्रकाशित मिति : २०७८ जेष्ठ १७, सोमबार
  • nepaltale.com

काठमाडौँ। आज विश्व धुम्रपान तथा सुर्ती रहित दिवस । नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदैछ । धम्रपानका कारण हुने क्षति न्यूनीकरण र सुर्तीजन्य पदार्थको नियन्त्रण गर्ने उद्देश्यसहित नेपालमा पनि यो दिवस मनाउने गरिन्छ ।

विश्व स्वास्थ्य संगठनको अह्वानमा मे ३१ तारिखमा हरेक वर्ष यो दिवस मनाउने गरिन्छ ।

विश्वमा हरेक ८ सेकेन्डमा सुर्ती खाने एक जनाको ज्यान जाने गरेको पाइएको छ । नेपालमा भने वर्षेनी सुर्तीजन्य पदार्थकै कारण २५ हजारभन्दा धेरै मानिसको ज्यान जाने गरेको तथ्याङ्क छ ।

धुम्रपान गर्ने धेरैजसोलाई फोक्सो र मुखको क्यान्सर हुने गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।