अमेरिकामा पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या दोब्बरले बढ्यो

  • प्रकाशित मिति : २०७७ बैशाख १७, बुधबार
  • nepaltale.com

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको महामारी विश्वका २१० देशमा फैलिएको छ। कोरोनाको महामारीबाट पछिल्लो २४ घण्टामा मात्रै ६ हजार ३ सय ६५ जनाको मृत्यु भएको छ भने ७६ हजार ५ सय ६२ जना नयाँ संक्रमित थपिएका छन्।

यो संख्या अघिल्लो दिनको तुलना बढी हो। अघिल्लो दिन हजार ५ सय ३२ जनाको मृत्यु भएको थियो भने ६९ हजार ७ सय ४६ जना नयाँ संक्रमित थपिएका थिए।

यो सँगै विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २ लाख १७ हजार ९४८ पुगेको छ भने ३१ लाख ३७ हजार ७६१ जना संक्रमित भएका छन्। केही दिनदेखि लगातार संक्रमण घटिरहेको अमेरिकामा फेरि संक्रमण र मृत्यु दर बढेको छ।

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या अघिल्लो दिनको तुलनामा दोब्बरले वृद्धि भएको छ। अमेरिकामा पछिल्लो २४ घण्टामा मात्रै २ हजार ४ सय ७० जनाको मृत्यु भएको छ भने २५ हजार ४०९ जना नयाँ संक्रमित थपिएका छन्। अघिल्लो दिन अमेरिकामा १ हजार ३ सय ८३ जनाको मृत्यु भएको थियो भने २३ हजार १ सय ९६ जना नयाँ संक्रमित थपिएका थिए।

यो सँगै अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५९ हजार २६६ पुगेको छ भने १० लाख ३५ हजार ७६५ जना संक्रमित भएका छन्।