तोलामा १५ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

  • प्रकाशित मिति : २०७८ जेष्ठ २१, शुक्रबार
  • नेपाल टेल संवाददाता

काठमाडौं। आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।
निरन्तर बढेको सुनचाँदीको मूल्य आज भने घटेको छ । हिजोको तुलनामा आज सुन १५०० रुपैयाँ प्रतितोला घटेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

संघका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन छापावाला सुन प्रतितोला ९४ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।



त्यस्तै आज तेजाबी सुन प्रति तोला ९२ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन तेजावी सुन प्रतितोला ९४ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार, चाँदी प्रतितोला १ हजार ३ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी अघिल्लो दिनको तुलनामा प्रतितोला ३५ रुपैयाँले घटेको हो ।