पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

  • प्रकाशित मिति : २०७८ जेष्ठ २२, शनिबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बृद्धि गरेको छ । शनिबार मध्यरातिदेखि लागू हने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यमा प्रतिलिटर दुई/दुई रुपैयाँले वृद्धि भएको निगमले जानकारी दिएको छ ।

अब पेट्रोलको प्रतिलिटर १०८ र डिजेल र मट्टीतेलको प्रतिलिटर ८० रुपैयाँ पर्नेछ । खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखिएको छ ।