सोमबार घट्यो सुन, कति पुग्यो तोला को?

  • प्रकाशित मिति : २०७८ जेष्ठ २४, सोमबार
  • नेपाल टेल संवाददाता

काठमाडौ। आज नेपाली बजारमा सुनको भाउ घटेको छ । आइतबार प्रतितोला ९४ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज प्रतितोला ३ सयले घटेर ९३ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज तेजाबी सुन प्रतितोला ९३ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छ । हिजो ९३ हजार ६ सय रुपैयाँ प्रतितोलामा खरिद बिक्रि भएको थियो ।



त्यस्तै, आज चाँदी प्रतितोला ५ रुपैयाँले घटेर १३ सय ५० रुपैयाँमा कारोबार भएको छ । महासंघको अनुसार आइतबार १३ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।