नेविसंघले प्रधानमन्त्रीको पुत्ला जलाउँदा प्रहरीको हस्तक्षेप

  • प्रकाशित मिति : २०७८ जेष्ठ २४, सोमबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गर्न खोज्दा प्रहरीले हस्तक्षेप गरेको छ ।

काठमाडौंको पुतलीसडकस्थित शंकरदेव क्याम्पसअगाडि नेविसंघका कार्यकर्ताले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका थिए । प्रहरीले तत्कालै हस्तक्षेप गरी केही विद्यार्थी नेतालाई नियन्त्रणमा लिएको छ ।