काठमाडौं । शेयरबजार मापक नेप्से परिसूचकमा आज मंगलबार ५३ दशमलव ४४ अंकले बढेर हालसम्म कै उच्च २ हजार ९ सय ६० दशमलव १४ बिन्दुमा पुगेको छ ।
आज कुल २ सय १७ वटा कम्पनीको ३ करोड ५० लाख ८५ हजार ४३ कित्ता शेयर खरिदबिक्री भएको छ भने कारोबार रकम बढेर १६ अर्ब ६४ करोड ५ लाख ३२ हजार १ सय ५२ रुपैँया पुगेको छ । आज कुल १ सय ४९ वटा कम्पनीको शेयरमूल्य बढेको छ ।
आज सर्वाधिक मूल्यवृद्घि भएका १० कम्पनीको सूची यस्तो छः
१. ग्रीन डेभलोपमेन्ट बैंक लिमिटेडको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ३ सय ७४ रुपैँया पुगेको छ ।
२. मुक्तिनाथ विकाश बैंक लिमिटेडको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ६ सय ९३ रुपैँया पुगेको छ ।
३. गुर्खाज फाइनान्स लिमिटेडको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १ हजार २ सय ७६ रुपैँया पुगेको छ ।
४. जानकी फाइनान्स लिमिटेडको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ४ सय ६२ रुपैँया पुगेको छ ।
५. हिमामलयन जेनेरल इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ८ सय ८० रुपैँया पुगेको छ ।
६. सांग्रीला डेभलोपमेन्ट बैंक लिमिटेडको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ४ सय ५१ रुपैँया पुगेको छ ।
७. समृद्घि फाइनान्स कम्पनी लिमिटेडको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ४ सय ४० रुपैँया पुगेको छ ।
८. श्री इन्भेस्टमेन्ट फाइनान्स कम्पनी लिमिटेडको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ४ सय ७३ रुपैँया पुगेको छ ।
९. ज्योती विकाश बैंक लिमिटेडको शेयरमूल्य ९ दशमलव ९८ प्रतिशतले बढेर प्रतिकित्ता ४ सय ७४ रुपैँया पुगेको छ ।
१०. प्रोग्रेसिभ फाइनान्स लिमिटेडको शेयरमूल्य ९ दशमलव ९७ प्रतिशतले बढेर प्रतिकित्ता ३ सय ७५ रुपैँया पुगेको छ ।