शुक्रबारसम्म मन्त्रिपरिषद् विस्तारको तयारी, को-को बन्दैछन् मन्त्री ?

  • Published Date : 2021-06-09
  • nepaltale.com

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रिपरिषदलाई पूर्णता दिने तयारीमा लागेका छन् । आगामी शुक्रबारसम्म ओलीले थप नयाँ ७ मन्त्री नियुक्त गरेर मन्त्रिपरिषदलाई पूर्णता दिने तयारीमा लागेका हुन् ।

अहिले प्रधानमन्त्री ओलीले गृह, रक्षा, सञ्चार तथा प्रविधि, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपंक्षी विकास र वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका छन् ।



मन्त्रिपरिषद् विस्तारका लागि पनि प्रधानमन्त्री ओलीलाई यसपटक सहज भने छैन । तत्कालीन माओवादी केन्द्रबाट एमालेमा आएका पूर्वगृहमन्त्री रामबहादुर थापा बादल समूहले बाँकी सातै मन्त्री पद आफूहरुले पाउनु पर्ने अडान राखेको छ । बादल समूहसँग प्रधानमन्त्री ओलीले ३ जना मन्त्री दिनसम्म सकिने आश्वासन दिएका छन् ।

यता, एमालेमा नै पनि ओली पक्षका नेताहरुमा मन्त्रीका आकांक्षी धेरै देखिएका छन् । अहिले सबैभन्दा बढी चर्चामा छ, गृहमन्त्री । गृहमन्त्रीमा प्रधानमन्त्री ओलीले कास्कीका नेता खगराज अधिकारी ल्याउने सम्भावना बढेको छ ।

गृहमा प्रधानमन्त्री ओलीले कर्ण थापालाई मन्त्री बनाउने सम्भावना छ । ओलीनिकट नेताहरुमा प्रदीप ज्ञवाली, विशाल भट्टराई, राजेन्द्र गौतम, नारादमुनि राना, शान्ता चौधरी, निरुदेवी पाल, राजेन्द्र गौतम, कृष्णभक्त पोखरेल लगायत नेताहरु मन्त्री बन्ने सम्भावना बढी छ ।