सुन प्रतितोला १ सय बढ्यो

  • प्रकाशित मिति : २०७८ जेष्ठ २६, बुधबार
  • nepaltale.com

काठमाडौं । सुनको भाउ आज प्रतितोला १ सय बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९४ हजार २ सय तोकिएको छ ।

त्यस्तै तेजावी सुन प्रतितोला ९३ हजार ७ सय कायम छ । चाँदीको मूल्य स्थिर रहँदै हिजोकै भाउ प्रतितोला १ हजार ३५० रूपैयाँ निर्धारण गरिएको छ ।