साँझ परेपछि राष्ट्रपति भेट्न शीतलनिवास पुगे प्रधानमन्त्री ओली

  • प्रकाशित मिति : २०७८ जेष्ठ २६, बुधबार
  • नेपाल टेल संवाददाता

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्न बुधबार साँझ शीतलनिवास पुगेका छन्।

प्रधानमन्त्री र राष्ट्रपतिको नियमितजसो भेट हुने गरेको छ जसबारे नागरिकहरुलाई कुनै जानकारी दिनु प्रधानमन्त्री वा राष्ट्रपति दुवैले आवश्यक ठान्दैनन्।



राष्ट्रपति स्रोतका अनुसार बुधबार बेलुका ७ बजेर ३० मिनेटमा प्रधानमन्त्री ओली शीतलनिवास पुगेका हुन्।