को हुन् संचारमन्त्री बन्न लागेकी नैनकला थापा ?

  • Published Date : 2021-06-10
  • nepaltale.com

काठमाडौं। पूर्वगृहमन्त्री रामबहादुर थापा बादलकी पत्नी नैनकला थापा संचारमन्त्री बन्ने भएकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आज गर्न लागेको मन्त्रिपरिषद् पुनर्गठनमा पूर्वमाओवादी समूहबाट नैनकलाले प्रभावशाली मन्त्रालय पाएकी हुन् ।

प्रधानमन्त्रीले आज आफ्नो मन्त्रिमण्डलमा सात जना थपेर मन्त्रीपरिषद्लाई पूर्णता दिँदैछन् । यसक्रममा उनले पूर्वमाओवादी समूहबाट नैनकलालाई संचारमन्त्री बनाउने भएका छन् ।



तत्कालिन समयमा शिक्षिका रहेकी नैनकलाले २०४० सालमा बादलसंग बिहे गरेकी थिइन् । बिवाह हुँदा बादल २९ वर्षका थिए भने नैनकला २१ वर्षकी थिइन् । शान्ति प्रक्रियामा आएपछि बादलपत्नी नैनकला केही समय महिला आयोगको अध्यक्ष बनिन् । उनीहरुको १ छोरा र १ छोरी छन् ।