गणेश लामा पक्राउको काँग्रेसद्वारा भर्त्सना

  • Published Date : 2021-06-11
  • nepaltale.com

काठमाडौं। पोखराबाट गणेश लामालाई पक्राउ गरेको विषयमा कांग्रेसले भर्त्सना गरेको छ ।

नेपाली कांग्रेस काभ्रेका सभापति मोहन आचार्यले विज्ञप्तिमार्फत प्रदेश सरकारको मिलेमतो र प्रतिशोधको भावले उनलाई पक्राउ गरिएको भन्दै भर्त्सना गरेका हुन् ।



उनले लामाको अविलम्ब रिहाइ गर्न माग गरेका छन् । उनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘ससम्मान रिहाइ नगरे सरकारविरुद्ध सशक्त कदम चाल्न बाध्य हुनेछौँ ।’