विश्वका १५ करोड ९४ लाख बढीले जिते कोरोना

  • प्रकाशित मिति : २०७८ जेष्ठ २८, शुक्रबार
  • नेपाल टेल संवाददाता

काठमाडौं। विश्वमा कोरोना संक्रमितको संख्या १७ करोड ५६ लाख ५ हजार ५७७ पुगेको छ ।

वल्डोमिटर्सको पछिल्लो तथ्यांक अनुसार अहिलेसम्म विश्वमा ३७ लाख ८८ हजार २८२ जनाले ज्यान गुमाएका छन् । बितेको २४ घण्टामा ४ लाख ३३ हजार ६७५ संक्रमित थपिएका छन् भने सोही अवधिमा ११ हजार ३८० जनाको मृत्यु भएको छ ।



अहिलेसम्म विश्वका १५ करोड ९४ लाख ५२ हजार ९४४ जनाले कोरोनालाई जितेका छन् ।

संक्रमितमध्ये १ करोड २३ लाख ६२ हजार ३५१ जनामा सक्रिय संक्रमण छ । जसमध्ये ८४ हजार ७३९ जनाको स्वास्थ्य अवस्था गम्भीर छ ।