हेर्नुहोस् कोरोना फैलिएका २१० देशको अवस्था

  • प्रकाशित मिति : २०७७ बैशाख १८, बिहीबार
  • nepaltale.com

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको महामारी विश्वका २१० देशमा फैलिएको छ। कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा मात्रै ६ हजार ५ सय ८९ जनाको मृत्यु भएको छ भने ८१ हजार ६७८ जना नयाँ संक्रमित थपिएका छन्।

यो सँगै विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख २८ हजार १९० पुगेको छ भने ३२ लाख १९ हजार २४० जना संक्रमित भएका छन्।

कोरोना भाइरसबाट सबैभन्दा बढीप्रभावित बनेको अमेरिकामा पछिल्लो २४ घण्टामा मात्रै २ हजार ३ सय ९० जनाको मृत्यु भएको छ भने २८ हजार ४२९ जना नयाँ संक्रमित थपिएका छन्। यो सँगै अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ६१ हजार ६ सय ५६ पुगेको छ भने १० लाख ६४ हजार १९४ जना संक्रमित भएका छन्।

पछिल्लो २४ घण्टामा इटलीमा ३२३ जनाको मृत्यु भएको छ भने २ हजार ८६ जना नयाँ संक्रमित थपिएका छन्। यो सँगै इटलीमा कोरोनाबाट अहिलेसम्म मृत्यु हुनेको संख्या २७ हजार ६८२ पुगेको छ भने २ लाख ३ हजार ५९१ जना संक्रमित भएका छन्।

त्यस्तै स्पेनमा पछिल्लो २४ घण्टामा मात्रै ४५३ जनाको मृत्यु भएको छ भने ४ हजार ७ सय ७१ जना नयाँ संक्रमित थपिएका छन्। यो सँगै स्पेनमा अहिलेसम्म मृत्यु हुनेको संख्या २४ हजार २ सय ७५ पुगेको छ भने २ लाख ३६ हजार ८९९ जना संक्रमित भएका छन्।

त्यस्तै पछिल्लो २४ घण्टामा मात्रै फ्रान्समा ४२७ जना, जर्मनमा १५३ जना, ब्राजिलमा ४४८ जना, बेल्जियममा १७० जना, क्यानडामा १३७ जना, नेदरल्याण्डमा १४५ जानको मृत्यु भएको छ ।