६०० रुपैयाँले घट्यो सुनको मूल्य

  • प्रकाशित मिति : २०७८ जेष्ठ ३०, आईतवार
  • नेपाल टेल संवाददाता

काठमाडौं। आइतबार नेपाली बजारमा सुनको मूल्य एके दिन अधिकतम ६०० रुपैयाँले घट्न पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला ६०० रुपैयाँले घट्दै ९३ हजार ९०० रुपैयाँ कायम भएको हो ।



यस्तै, आज तेजाबी सुन समेत ६०० रुपैयाँले नै घट्दै ९३ हजार ४०० रुपैयाँ कायम भएको छ ।

महासंघका अनुसार यता, चाँदीको मूल्य भने स्थिर रहेको छ । गत शुक्रबार प्रतितोला एक हजार ३७० रुपैयाँमा कारोबार भएको चाँदी आज आइतबार पनि सोही मूल्य कायम भएको छ ।