काठमाडौं । नेप्से परिसूचक १ घण्टाको व्यापार मै आज सोमबार ३ हजार विन्दु माथि गएको छ ।
आज नेप्से परिसूचक ५४ दशमलव ९९ अंकले बढ्दै ३ हजार ३८ दशमलव १० विन्दुमा कारोबार भइरहेको छ । त्यस्तै, कारोबार रकम ४ अर्ब ४८ करोड रूपैयाँको भइसकेको छ ।
यो समाचार बनाएको अवधिसम्म नेश्नल हाइड्रोपावर कम्पनी लिमिटेडको सबैभन्दा बढी कारोबार भएको छ । यसैगरी, खानीखोला र घालेम्दी हाइड्रोपावर कम्पनी लिमिटेडको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको देखिएको छ ।