भारतमा घट्याे काेराेना, २४ घण्टा ६२ हजार ५९७ नयाँ संक्रमित

  • प्रकाशित मिति : २०७८ असार १, मंगलवार
  • नेपाल टेल संवाददाता

काठमाडौं । भारतमा पछिल्लो २४ घण्टा ६२ हजार ५९७ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै भारतमा कोरोना संक्रमितको संख्या २ करोड ९५ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा १४ सय ५२ सयको मृत्यु भएको छ । कोरोना संक्रमणकै कारण भारतमा मृत्यु हुनेको संख्या ३ लाख ७७ हजार नाघेको छ । संक्रमितमध्ये २ करोड ८२ लाखभन्दा बढी निको भइसकेका छन् भने ९ लाखभन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।



अमेरिकामा तीन करोड ४३ लाखभन्दा बढी संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा अमेरिकामा करिब ९ हजार संक्रमित थपिएका छन् भने २ सय जनाको मृत्यु भएको छ ।

ब्राजिलमा करिब एक करोड ७५ लाख संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा त्यहाँ ४० हजारभन्दा बढी संक्रमित थपिँदा ९२८ जनाको मृत्यु भएको छ ।