गण्डकीका मुख्यमन्त्रीलाई विश्‍वप्रकाशको सुझाब : आलोचित हुन एक गल्तीभ्रम काफी हुन्छ !

  • Published Date : 2021-06-15
  • nepaltale.com

काठमाडौँ। नेपाली कांग्रेसका प्रवक्‍ता विश्‍वप्रकाश शर्माले गण्‍डकी प्रदेशका मुख्‍यमन्‍त्री कृष्‍णचन्‍द्र नेपाली पोखरेललाई खुला पत्र लेख्नुभएको छ । सामाजिक संञ्जाल मार्फत शर्माले मुख्यमन्त्री पोखरेललाई सुझाबहरु दिनुभएको छ ।

पत्रमा शर्माले लेख्नु भएको छ– मुख्यमन्‍त्रीको कर्मसँग पार्टीको आगामी छवि गाँसिने छ त्यसका लागि राम्रो काम गर्नुहोला । उहाँले राम्रो सावित हुन धेरै राम्रो गर्नुपर्ने भन्दै,आलोचित हुन एक गल्ती या एउटा भ्रम काफी हुने स्मरण गराउनु भएको छ । उहाँले निर्णय गर्दा छायाको होइन ऐनाको सुझाव लिन सुझाब दिदै फुकेर चल्नोस्, सोचेर बोल्नोस्, सहि निर्णय गर्नोस्, समय शंवेदनसिल छ भनेर स्मरण गराउनु भएको छ ।



प्रवक्ता शर्माले मुख्यमन्त्री नेपालीलाई गलत निर्णय नगर्न, सच्याउन र नकारात्मक प्रचार चिर्न संयोजन गर्न समेत सुझाब दिनुभएको छ । उहाँले सही निर्णय गर्न विज्ञलाई सुन्‍न र इमान, पारदर्शिता र नम्रतालाई केन्द्रमा राखेर काम गर्न आग्रह गर्नुभएको छ ।

उहाँले सही निर्णय गर्न विज्ञलाई सुन्नु सुझाब दिदै पद आउँने जाने तर स्मृतिमा कर्महरू रहिरहने भएका कारण इमान, पारदर्शिता र नम्रतालाई केन्द्रमा राख्नु सुझाव दिनुभएको छ ।