सुनको मूल्यमा सामान्य गिरावट, कति छ आजको मूल्य ?

  • Published Date : 2021-06-16
  • nepaltale.com

काठमाडौँ । स्थानीय बजारमा आज बुधबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला ९३ हजार १०० रुपैयाँ रहेको छ भने तेजावी सुनको भाउ ९२ हजार ६०० रुपैयाँ रहेको छ ।



मंगलबार छापावाल सुनको भाउ ९३ हजार २०० रुपैयाँ र तेजावी सुनको भाउ ९२ हजार ७०० रुपैयाँ रहेको थियो ।

यता, चाँदीको भाउ भने तोलामा पाँच रुपैयाँ बढेको छ । मंगलबार प्रतितोला एक हजार ३५५ रुपैयाँ रहेकोमा आज बुधबार एक हजार ३६० रुपैयाँ रहेको छ ।