कांग्रेस १४ औं महाधिवेशनको प्रस्तावित नयाँ कार्यतालिका अनुमोदन

  • प्रकाशित मिति : २०७८ असार ३, बिहीबार
  • नेपाल टेल संवाददाता

काठमाडौं। नेपाली कांग्रेसले १४ औं महाधिवेशनको संशोधित नयाँ कार्यतालिका अनुमोदन गरेको छ ।

बिहीबार बसेको कांग्रेस केन्द्रीय समितिको बैठकले प्रस्तावित नयाँ कार्यतालिका संशोधनसहित पारित गरेको हो ।



नेपाली कांग्रेसको चौधौं महाधिवेशनको कार्यतालिका यस प्रकार रहेको छ।

गाउँ /नगर वडा अधिबेशन -२०७८श्रावण१२गते

गाउँ /नगरपालिका अधिबेशन -२०७८श्रावण१६गते

प्रदेश सभा क्षेत्रीय अधिबेशन-२०७८श्रावण२०गते

प्रतिनिधि सभा क्षेत्रीयअधिबेशन/एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिबेशन-२०७८श्रावण२३गते

एक भन्दा बढि प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिबेशन-२०७८श्रावण२६गते

प्रदेश अधिबेशन-२०७८भाद्र १र२गते

केन्द्रिय महाधिवेशन -२०७८ भाद्र १६,१७,१८,१९गते काठमाडौंमा

कांग्रेसले भदौ १६ देखि १९ गतेसम्म कामाडौंमा केन्द्रीय महाधिवेशनको मिति तोकेको छ ।

नयाँ कार्य तालिका अनुसार स्थानीय तहको अधिवेशन साउन १२ गतेदेखि हुने भएको छ ।