चीनविरुद्ध फेरि खनिए ट्रम्प, चुनाव हराउन लागेको आरोप

  • प्रकाशित मिति : २०७७ बैशाख १८, बिहीबार
  • nepaltale.com

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फेरि चीनविरुद्ध खनिएका छन् । ट्रम्पले आफूलाईचुनाव हराउन चीनले गरेको प्रयासको प्रमाण रहेको दाबी गरे ।

रोयटर्ससँग राष्ट्रपति कार्यालयमा अन्तर्वार्ताका क्रममा ट्रम्पले आफ्नो प्रशासनले ल्याएको व्यापार नीति र चिनियाँ सामाग्रीमाथि लगाएको खर्बौ डलर करले पारेको दबाब कम गर्न पनि चीनले जो बाइेनलाई सघाउने बताए ।

‘यो चुनावमा मलाई हराउनका लागि चीनले आफूले सक्दो सबै गर्नेछ,’ ट्रम्पले भने । उनले चीनले महामारीबारे विश्वलाई पहिल्यै जानकारी गराएको भए क्षति कम हुने धारणा राखे । अहिलेसम्म अमेरिकामा कोरोना भाइरसका कारण ६० हजारभन्दा धेरैले ज्यान गुमाइसकेका छन् ।

भाइरसको महामारीपछि अमेरिकाले बेइजिङलाई दिने सम्भावित जवाफबारे पनि रोयटर्सले प्रश्न राखेको थियो । जवाफ ट्रम्पले भने, ‘म धेरै गर्नसक्छु ।’ तर के गर्ने भन्ने विषय खुलाएनन् । भाइरसका कारण सिर्जित आर्थिक समस्याले गत जनवरीमा चीनसँग भएको व्यापार सम्झौता नराम्रोसँग प्रभावित भएको उनले बताए ।

ट्रम्पले अन्तर्वार्ताका दौरानमा उनले पछिल्लो सर्वेक्षण पनि अस्वीकार गरे, यस सर्वेक्षणले २०२० को राष्ट्रपतीय निर्वाचनमा बाइडेनले अग्रता लिनसक्ने देखाएको थियो । ‘म सर्वेक्षणमा विश्वास गर्दिंनँ,’ ट्रम्पले भने,‘मलाई लाग्छ यो देशका जना स्मार्ट छन् र मलाई लाग्दैन उनीहरु काम नलाग्ने मानिसलाई जिताउनेछन् ।’