किन बोलाइयो गृहमन्त्रीसहित सबै सुरक्षा प्रमुखलाई शीतलनिवासमा ?

  • प्रकाशित मिति : २०७८ असार ४, शुक्रबार
  • नेपाल टेल संवाददाता

काठमाडौँ। गृहमन्त्री, गृहसचिवसहित सबै सुरक्षा निकायका प्रमुखले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन्।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरुले शीतलनिवास पुगी राष्ट्रपति भण्डारीलाई भेटेका हुन् ।



गृहमन्त्री खगराज अधिकारी, गृहसचिव महेश्वर न्यौपाने, नेपाल प्रहरी महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी शितल निवास पुगेको उच्च सुरक्षा स्रोतले जानकारी दिएको छ।

राष्ट्रपति भण्डारीले पछिल्लो केही दिनयता भएको वर्षाका कारण भएको क्षति र जोखिम न्युनीकरणका लागी भएको प्रयासबारे सुरक्षा प्रमुखहरुबाट जानकारी लिएको बताइएको छ । विपद् न्युनीकरणका लागी भएको प्रयासबारे जानकारी गराएर गृहमन्त्री सहितका सुरक्षा अधिकारी फर्केका छन् ।

स्रोतले भन्यो, ‘विपदकै विषयमा जानकारी लिन बोलाइएको भनिएको छ। तर यही विषयका लागि राष्ट्रपतिले यसरी बोलाउनु नपर्ने हो।’