किन घट्दै छ सेयर बजार ?

  • प्रकाशित मिति : २०७८ असार ६, आईतवार
  • nepaltale.com

काठमाडौं। साताको पहिलो कारोबार दिन आज आइतबार शेयर बजार रातो देखिएको छ । धितो पत्र बोर्डको विज्ञप्ति पछि घट्न सुरु गरेको बजार आज पनि घटेको हो । अहिले दोहोरो अङ्कले घटेको बजारमा कारोबार रकम पनि घट्ने देखिएको छ ।

धितो पत्र बोर्डको विज्ञप्ति लगत्तै बजारमा असर परेको देखिए पनि बजार घट्नुमा अन्य कारणहरू पनि जिम्मेवार भएको देखिन्छ । अझै पारी पक्व हुन बाँकी रहेको बजारमा घटेको बेला आत्तिने र बढेको बेला फेरी बजार घट्न पनि सक्छ भनेर नसोच्ने ट्रेण्डनै मुख्य रूपमा हाबी देखिन्छ ।

मौद्रिक नीति प्रति आशङ्का !

तयारी भइरहेको मौद्रिक नीतिमा सेयर कर्जालाई कसिलो गर्न सक्ने गाइँगुइँले लगानी कर्ता हच्किएका छन् । नयाँ लगानी कर्ता हच्केको बेला माग कम हुन जाँदा बजारमा थोरै करेक्सन देखिएको हुनसक्ने एक लगानी कर्ता बताउँछन् । राष्ट्र बैकले मार्जिनमा कडाइ गर्ने अवस्थामा बजारमा असर पर्नु स्वाभाविक नै भए पनि मौद्रिक नीति सकारात्मक हुने बित्तिकै बजारमा बुलिन ट्रेन्ड कायमै रहने उनी बताउँछन् ।

स्वाभाविक करेक्सन ?
बजारमा स्वाभाविक करेक्सन भएको हुन पनि सक्छ । धितो पत्र बोर्डले चलखेल भएको भनेका कम्पनीहरूमा लगानी कर्ताको आकर्षण कम हुन गए पनि बढ्न नै बाँकी रहेको बैङ्किङ सेक्टर पनि घट्नुले बजारमा आगामी दिनमा अझै करेक्सन आउने तिर पनि सङ्केत गरेको छ । यो हप्ताको कारोबार भोल्युम हेरेर यसबारे थाप आकलन गर्न सकिने छ ।

असार लाग्यो !

लकडाउन सङै खुम्चिएको लगानीको क्षेत्र अब बिस्तारै फराकिलो हुँदै छ । यो अवस्थामा आर्थिक गतिविधि शून्य अवस्थामा शेयर बजारमा देखिएको गुरुत्वमा स्वाभाविक रूपमा कमी आउन सक्छ । त्यसमाथि शेर कर्जाको रूपमा ठुलो स्केलमा गरिएको लगानीमा असार मसान्तले पार्ने प्रभाव पनि बजारमा देखिएको हुन सक्छ । तर, बजारले ट्रेन्ड नै परिवर्तन गर्न लागेको भनेर अहिले नै भनिहाल्न नमिल्ने विश्लेषकहरू बताउँछन् ।