इतिहासमै सबैभन्दा ठूलो दुई तिहाईको सरकार तहसनहस भयोः माधव नेपाल

  • Published Date : २०७८ असार ९, बुधबार
  • nepaltale.com

काठमाडौं । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एकताबद्घ पार्टी र आन्दोलन बनाउन सबै लाग्नुपर्नेमा बताएका छन् ।

सामाजिक सञ्जालमा स्टाटस लेख्दै नेता नेपालले सम्पूर्ण वामपन्थी लोकतान्त्रिक र परिवर्तनकारी शक्ति एक हुन आह्वान गरेका हुन् ।



इतिहासमै सबैभन्दा ठूलो दुई तिहाई बहुमतका साथमा बलियो सरकार तहसनहस भएको टिप्पणी गरेका छन् । एमाले लाई तहसनहस गरेर गलत बाटो अंगाल्दाको परिणाम सिंगो देश सहित पार्टी र जनताले भोग्नुपरेको बताएका छन् ।

स्टाटस लेख्दै उनले भनेका छन्, ‘संसदमा झण्डै दुई तिहाई बहुमतका साथमा बलियो सरकार बनेको थियो, जनचाहना अनुसार इतिहासमै सबैभन्दा ठूलो कम्युनिष्ट पार्टी ‘नेकपा’ बनेको थियो । तर, संसद्, सरकार र पार्टी साथै एमाले लाई तहसनहस गरेर गलत बाटो अंगाल्दाको परिणाम सिंगो देश सहित पार्टी र जनताले भोग्दैछन् ।’

सरकार र पार्टीको पदको दुरुपयाग गरेर पटक(पटक गलत निर्णय गर्दै जाने स्थितिले पार्टी, देश र कसैलाई गन्तव्यमा नपुर्याउने उनको टिप्पणी छ ।