एक्लिए महन्त ठाकुर, कुन-कुन नेताले छोडे साथ ?

  • Published Date : 2021-06-26
  • nepaltale.com

काठमाडौं। सत्ता समीकरणको निर्णायक पात्र बनेका महन्त ठाकुरको व्यक्तित्व एकाएक यती माथि पुग्यो की उनलाई प्रधानमन्त्री समेत दुई दुई तिरबाट अफर गरियो । प्रधानमन्त्रीको अफर लत्त्याउँदै ठाकुर आफ्नो अडानमा अविचलित रूपमा उभिइरहे । त्यही अडान अहिले टाकुरालाई महँगो पर्ने देखिएको छ ।

उनलाई साथ दिएका सबै जसो प्रतिनिधिसभाका सदस्यहरू मन्त्री बन्न चाहन्थे जुन कुरा सम्भव नै थिएन । यही बिन्दुमा राज किशोर यादव लगायत केही सांसदले महन्त-राजेन्द्र मार्फत होइन सिधै प्रधानमन्त्री ओलीलाई सघाउने निर्णय गरे र मन्त्री बन्न बनाउन सफल भए । उक्त समूहले बिस्तारै आफूलाई एमाले करण गर्ने बाटो समाएको देखिन्छ ।



बिहीबार ठाकुर पक्षले बोलाएको बैठकमा राज किशोर यादव, विमल श्री वास्तव, प्रमोद साह, नरमाया ढकाल, रुही नाथ, दुलारी देवी खतवे, अमृता अग्रहरी, रानी मण्डललगायतका सांसद अनुपस्थित भए। यो ठाकुर जता गयो उतै जान नसक्ने उनीहरूको सङ्केत हो ।

हाल जसपाको संसदीय दलमा ठाकुर पक्षका २० र उपेन्द्र यादव पक्षका १२ जना सांसद छन् । यादव पक्षका ५ जना सांसदहरू विमल श्री वास्तव, उमा शंकर अरगरैया, रुही नाथ, कल्लुदेवी विश्वकर्मा, रेणुका गुरुङ कित्ता परिवर्तन गरी ठाकुर पक्षमा पुगेपछि संसदीय दलमा ठाकुर पक्ष बलियो भएको थियो । तर, अव उपेन्द्र-बाबुराम केही लचक हुने बित्तिकै उनीहरू पुरानै क्याम्पमा फर्कने सम्भावना उत्तिकै रहेको जानकारहरू बताउँछन् ।

यो सबै घटना क्रमको बिचमा ओली सँग अझै बलियो सहकार्य कम्तीमा चुनावी तालमेल सम्म गरेर भए पनि आफूलाई राजनीतिमा फेरी निर्णायक बनाउने बाहेक महन्त-राजेन्द्रको अर्को विकल्प नभएको जसपाका एक नेताले बताए । त्यो पनि ओलीले उनलाई कति गुण तिर्छन् भन्नेमा भर पर्ने उनी बताउँछन् ।