देउवा पौडेल र सिटौलालाई पाखा राखेर कांग्रेसका तीन भाईले यसरी मच्चाउदैछन् उधुम, कसको कति दम ?

  • Published Date : 2021-06-29
  • nepaltale.com

काठमाडौं । महाधिवेधनको मिति नजिकिदै गर्दा कांग्रेसमा ध्रुविकरण तिब्र बन्न थालेको छ। कांग्रेसका तीन नेता डा. शशांक कोइराला, प्रकाशमान सिंह र विमलेन्द्र निधिले १३ औँ महाधिवेशनमा सभापतिका आकांक्षी रहेका तीन नेताबाहेकका नेतालाई शुक्रबार ‘लञ्च मिटिङ’मा बोलाएका छन् ।

टोखा स्थित डा. कोइरालाको निवासमा आउदो शुक्रबार तीनबाहेका बाँकी नेतालाई बोलाइएको एक नेताले जानकारी दिए ।त्यसपछि पार्टीका तीन नेता शेरबहादुर देउवा, रामचन्द्र पौडेल र कृष्ण सिटौलासँग छुट्टै छलफल गरिनेछ ।



“हामी तीनबाहेक थप नेतालाई पनि सहभागी गराएर छलफल गरिने तयारी गरेका छौँ,” एक नेताले भने ।

तीन नेताको छलफलपछि पूर्वमहामन्त्री प्रकाशमान सिंहले तीन नेताबाहेक अन्य नेतालाई पनि सहभागी गराएर लैजाने विषयमा छलफल भएको बताए । तीन जना मध्ये एक जना सभापतिको उम्मेदवार हुने दाउ छ।