एमाले स्थायी कमिटी बैठक, के-के भयो निर्णय ?

  • Published Date : २०७८ असार १५, मंगलवार
  • nepaltale.com

काठमाडौं। नेकपा एमालेको स्थायी कमिटी बैठक सकिएको छ। बैठकले महाधिवेशन आयोजक कमिटीलाई जेठ २ को अवस्थाको केन्द्रीय कमिटीमा रुपान्तरण गर्ने निर्णय गरेको छ ।

पार्टी प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार बैठकले सो केन्द्रीय कमिटीको बैठक आगामी असार १८ गतेका लागि बोलाउने निर्णय समेत गरेको छ । जेठ २ मा नेकपा एमालेको केन्द्रीय कमिटी २४१ सदस्यीय रहेको थियो ।



बैठकले नेपालको पछिल्लो राजनीतिक अवस्था गम्भीर र संकटपूर्ण देखिएको निष्कर्षसमेत निकालेको छ ।