घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

  • प्रकाशित मिति : २०७८ असार १६, बुधबार
  • nepaltale.com

काठमाडौं। नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ६०० रुपैयाँले घट्दै तोलामा ९० हजार रुपैयाँमा कारोबार भइरहेको छ।

गत मंगलबार सुन प्रतितोला एक सय रुपैयाँले घट्दै ९० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै यता तेजाबी सुनको मूल्य आज प्रतितोला ५५० रुपैयाँले घटेर ८९ हजार ५५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले घट्दै एक हजार २९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।