काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर सुटुक्क काठमाडौंस्थित भारतीय दूतावास पुगेका छन् ।
उनी एक्लै दूतावासभित्र प्रवेश गरेको स्रोतले बताएको छ। आज मध्याह्न करिब साढे १२ बजे उनी दुतावास छिरेका हुन्।
पछिल्लो घटनाक्रमबाट पार्टी र मुलुककै राजनीति गम्भीर मोडमा पुगेको बेला ठाकुर सुटुक्क भारतीय दूतावास गएका हुन् ।