एमाले महाधिवेशन आयोजक कमिटीको बैठक सकियो, के -के भयो निर्णय ?

  • Published Date : 2021-06-30
  • nepaltale.com

काठमाडौं। नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बैठक सकिएको छ । बालुवाटारमा आज बिहान बसेको बैठकले महाधिवेशन आयोजक कमिटी भंग गरेको छ । अब एमालेका कामकारवाही केन्द्रीय कमिटीकै नामबाट सन्चालन हुने भएका छन् ।

बैठकले नेकपा एकतापछि स्थायी कमिटीमा समेटिएका एमालेका चार र माओवादीका चार नेतालाई थप गरेको छ ।



महाधिवेशन आयोजक कमिटी खारेजसँगै माधव नेपालसहित ११ जना नेतामाथि यसअघि गरिएको कारवाही समेत निष्क्रिय भएको बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

सर्वोच्च अदालतको पछिल्लो आदेश अनुसार सबै कारवाही निस्प्रभावी भएको प्रवक्ता ज्ञवालीले बताए । आज भएको महाधिवेसन आयोजक कमिटीको अन्तिम वैठकपछि बोल्दै ज्ञवालीले जानकारी दिए ।

प्रधानमन्त्री केपी ओलीको सरकारी निवास बालुवाटारमा बसेको बैठक माधवकुमार नेपाल पक्षले भने बहिष्कार गरेको छ ।