माधव समुहका दुई नेतासहित ८ जना स्थायी कमिटीमा मनोनीत

  • Published Date : 2021-06-30
  • nepaltale.com

काठमाडौं। नेकपा एमालेको स्थायी कमिटीमा माधव नेपाल समुहका दुई नेतासहित आठ जना नेता थपिएका छन् ।

माओवादी केन्द्रबाट एमालेमा समाहित भएका चार जना र साविकको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बन्दा मनोनित चार जना नेताहरुलाई एमालेले स्थायी कमिटीमा थप गर्ने निर्णय लिएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।



भंग हुनुअघि बुधबार बसेको दशौं महाधिवेशन आयोजक कमिटीको बैठकबाट रामबहादुर थापा बादल, लेखराज भट्ट, मणि थापा, टोपबहादुर रायमाझी, रघुवीर महासेठ, रघुजी पन्त, विष्णु रिमाल र बेदुराम भुसाललाई स्थायी कमिटी सदस्यमा थप गरिएको हो ।