गोरखामा चार विद्यार्थी संगठनद्वारा विरोध प्रदर्शन : जलाइयो प्रधानमन्त्रीको पुत्ला

  • Published Date : 2021-06-30
  • nepaltale.com

गोरखा । गोरखा जिल्लामा क्रियाशिल बिधार्थी संगठनहरुले सरकारको अधिनायकबाद र स्वेच्छाचारी शासनका बिरुद्ध बुधबार सदरमुकाममा राँके जुलुस सहितको बिरोध प्रर्दशन गरेको छ । नेविसंघ, अखिल (क्रान्तिकारी), अनेरास्ववियू(माधव नेपाल, झलनाथ समूह) र जसपा निकट समाजवादी विद्यार्थी युनियनले साँझ बिरोध प्रदर्शन गरेका हुन् । प्रर्दशनकै बिचमा बिधार्थीहरुले कडा सुरक्षा घेरा तोड्दै प्रहरीलाई झुक्याएर प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला समेत जलाएका छन् । प्रधानमन्त्रीको पुत्ला जलाएपछि बिधार्थी र प्रहरी बिच केहीबेर धम्साधम्सी समेत भएको थियो ।

बिरोध प्रर्दशनमा सहभागीहरुले संसद बिघटनले देशलाई प्रतिगमन तर्फ धेकेको भन्दै तत्काल गलत कदम सच्याउन माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने बताएका छन् । कोणसभालाई सम्बोधन गर्दै अखिल क्रान्तिकारी जिल्ला इन्चार्ज रामकृष्ण भट्टले राजा, राणा फालेको बिधार्थीहरुले आन्दोलनले ओली फाल्न कुनै चुनौती नहुने बताउनुभयो ।



उहाँले जनता कोभिडको महामारीमा परेका बेला ओली र उनका आसोपासोहरुल लुट र भ्रष्ट्राचारमा लिप्त भएको आरोप लगाउनुभयो । कोणसभालाई सम्बोधन गर्नुहुदै नेबिसंघ गोरखाका अध्यक्ष सुवास अधिकारीले प्रधानमन्त्रीको सिफरिसमा राष्ट्रपतिले २ पटकसम्म संबिधान बिघटन गरेर संबिधानको चिरहरण गरेको बताउनुभयो । उहाँले आफुहरु रहरले सडकमा आएको नभई बाध्यताले सडकमा आउनु परेको भन्दै संबिधानको रक्षाका लागि जस्तो सुकै संर्घषका लागि तयार रहेको बताउनुभयो ।

कोणसभामा अनेरास्वबियु जिल्ला अध्यक्ष सचिन भट्टराईले राष्ट्रपति जस्तो गरिमामय संस्थालाई प्रधानमन्त्रीका लालछाप लगाउने कार्यालय जस्तो बनाएको आरोप लगाउनुभयो । कोणसभालाई संसद बिघटनले देशलाई अस्थिरता तर्फ धेकेलेको आरोप समेत लगाएका छन् ।

त्यस्तै बिरोध प्रर्दशनमा सहभागी बिधार्थीहरुले शिक्षामन्त्री कृष्ण गोपाल श्रेष्ठले पदिय मर्यादा बिपरित कानुनलाई चुनौती दिने गरि गरिएका हर्कत र गोरखाको भीमसेन थापा गाउँपालिकाको बोर्लाङमा पशु प्राबिधिक माथि भएको जातिय बिभेदको बिरोध गर्दै बिभेदमा संलग्नहरु माथि तत्काल कानुनी कारवाही गर्न समेत माग गरेका छन् ।