किन बोलाए गृहमन्त्री पौडेलले सबै सुरक्षाका प्रमुखलाई सिंहदरबार ?

  • Published Date : 2021-07-01
  • nepaltale.com

काठमाडौं। देशभर वर्षाका कारण नदी सतह बढिरहेको र विभिन्न ठाउँमा बाढी पहिरोको जोखिम रहेकाले तत्काल उद्दार र राहतमा जुट्नका लागि उपप्रधानमन्त्री तथा गृहमन्त्री विष्णु पौडेलले विपद् व्यवस्थापनसम्बन्धी बैठक बोलाएका छन् ।

गृह मन्त्रालयमा गृहमन्त्रीको अध्यक्षतामा बसेको बैठकमा सरोकारवाला मन्त्रालयका सचिवहरु, सुरक्षा निकायका प्रमुख तथा विभागीय प्रमुखहरु सहभागी रहेको उपप्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव यमराज पाण्डेले जानकारी दिए ।



जोखिममा रहेका क्षेत्रहरुको जानकारी लिने र सतर्कता अपनाउने सन्दर्भमा छलफल भइरहेको एक सुरक्षा अधिकारीले बताए । राहत तथा उद्दारका लागि सुरक्षा निकाय हेलिकोप्टरसहित ‘स्टाण्डबाइ’ छन् ।