सुनको भाउ प्रतितोला ८ सय बढ्यो

  • प्रकाशित मिति : २०७८ असार १७, बिहीबार
  • nepaltale.com

काठमाडौं । सुनको मूल्य आज प्रतितोला ८ सय बढेको छ । आज छापावाल सुनको बजार मूल्य प्रतितोला ९० हजार ८ सय निर्धारण गरिएको छ । हिजो ९० हजारमा कारोबार भएको थियो ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन प्रतितोला ९० हजार ३ सय छ ।

प्रतितोला २० रूपैयाँ बढेको चाादी १ हजार ३१० रूपैयाँमा कारोबार भइरहेको छ ।