दिल्लीमा गर्मीले तोड्यो ९० वर्षको रेकर्ड , रातीमा पनि उस्तै गर्मी

  • प्रकाशित मिति : २०७८ असार १८, शुक्रबार
  • nepaltale.com

दिल्लीमा अहिले सम्मकै उच्च तापक्रम महसुस भएको छ । ९० बर्सयताको सर्वाधिक तापक्रममा पुगेको दिल्लीमा रातिमा पनि गर्मी घटेको महसुस भएको छैन ।

मनसुन आउन ढिला हुँदा दिल्लीको उच्च तापक्रमले ४५ डिग्री नाघेको छ । उच्च गर्मी झेली रहेको दिल्लीमा मनसुनले ढिलाइ गर्दा लु को प्रकोप समेत चलेको छ ।

नेपालमा मनसुनले बितण्डता मच्चाई रहँदा दिल्लीलाई भने मनसुनले ठगेको छ । आकाश बाट पानी बर्सनु पर्ने मौसममा सूर्यले आगो बर्षाइ रहेको जस्तो महसुस भएको दिल्ली वासीहरू बताउदछन ।